आम्दा अस्पतालद्वारा नियम विपरीत डाक्टर सरुवा

विकास पराजुली

बटौली । सिद्वार्थ बाल तथा महिला अस्पताल आम्दाले नियम विपरीत डाक्टरको सरुवा गरेपछि विवाद भएको छ । लामो समयदेखि अस्पतालमा कार्यरत डाक्टरको सरुवा अस्पताल प्रशासनले विनाकारण तथा नियम विपरीत गरेपछि अस्पतालमा विवाद भएको हो । अस्पतालमा कार्यरत डाक्टर शतिस रुपाखेतीलाई ०७३ साउनमा अस्पताल प्रशासनले दमकमा सरुवा गरेको थियो । एक वर्षभन्दा बढी समयपछि नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सरुवाको विरोध गरेपछि अस्पतालले नियम विपरीत डाक्टर रुपाखेतीलाई सरुवा गरेको खुल्न आएको हो ।

०६३ फागुनदेखि कार्यरत डाक्टर शतिस रुपाखेती आम्दामा कार्यरत थिए । अस्पताल प्रसाशनले ०७३ साउनमा डाक्टर रुपाखेतीलाई आम्दा अस्पताल दमकमा सरुवा गरेको थियो । डाक्टर रुपाखेतीलाई नियतवस सरुवा गरिएको भन्दै सिद्वार्थ बाल तथा महिला अस्पताल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सरुवाको विरोध गर्दै आएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर जोकोहीको पनि सरुवा प्रक्रिया स्वभाविक भए पनि डाक्टर शतिस रुपाखेतीलाई नियतवस आपूm अनुकूलको मानिस ल्याउनका लागि सरुवा गरिएको युनियनका अध्यक्ष गशेण खड्काले बताए । युनियन सरुवाको विरोधी नभएको र प्रक्रियाको विरोधी भएकाले गलत ढंगले गरिएको सरुवाका विरुद्व लागिएको बताए ।

सरुवा गरिएका डाक्टर शतिस रुपाखेतीले अस्पतालभित्रका बेथितिलाई रोक्न खोज्दा नियतवस आपूmलाई सरुवा गरिएको बताएका छन् । सरुवाको विरोध भएपछि डाक्टर रुपाखेतीलाई सरुवा नगर्ने राजनीतिक दलबीच सहमति भएको थियो । राजनीतिक सहमतिपछि डाक्टर रुपाखेती दुई दिन अस्पतालमा हाजिर भएका थिए ।

राजनीतिक दलले गरेको निर्णयलाई उल्टाउँंदै अस्पताल प्रशासनले नियतवस आफ्नो मान्छे ल्याउनका लागि डाक्टर रुपाखेतीलाई अस्पताल आउन नदिइएको कर्मचारी युनियनले बताएको छ । तर, आम्दा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अच्युत सापकोटाले डाक्टर रुपाखेतीलाई केन्द्रीय कार्यालयले सरुवा गरेको बताए ।

उनले सरुवामा कुनै नियत नरहेको र यो कार्यालयको प्रक्रिया भएको बताए । कर्मचारी युनियनले नियतवस सरुवा गरिएको भन्दै विरोध जनाएपछि अहिले आम्दा अस्पताल बुटवलमा आन्तरिक विवाद सुरु भएको छ । अस्पतालले डाक्टर शतिस रुपाखेतीलाई सरुवा गरेर डाक्टर विजय लम्साललाई लिएको छ ।

 

प्रतिक्रिया