कालिकोटमा कर्णाली झल्काउने गीतको सुटिङ

कालिकोट । टीका पुन र रामजी खाँणको आवाज रहेको कर्णालीको कला र संस्कृति झल्कने गीतको सुटिङ कालिकोटमा गरिएको छ । पूर्णसिंह बम (अनुराग) को शब्द रहेको गीतको संगीत राजकुमार बगरले भरेका छन् । ‘हाम्रो पलाता राम्रो पलाता’को गीतमा जिल्लाका स्थानीय कलाकारहरू अभिनय गरेका छन् ।

स्थानीय कलाकारलाई लिएर गीतको सुटिङ गरिएको गीतका रचनाकार पूर्णसिंहले बताए । उनले भने, ‘हामीले हाम्रो संस्कृति झल्काउन स्थानीय कलाकारलाई गीतमा प्रस्तुत गरेका हौँ । यस गीतमा कर्णालीको कला संस्कृति झल्कनेछ ।’

प्रतिक्रिया