काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतमा शुक्रबार नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया