राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए ।

मन्त्री गिरीले उक्त विषयमा आफूले पनि हल्ला सुनेको बताए । पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया