संरक्षक र मायांका च्याम्पियन

काठमाडौं । संरक्षकभूषण बज्राचार्य र मायांका राणाले १५औँ जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । यू–१८ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा मायांका च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ३–६, ६–३ र ६–३ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा मायांकाले प्रेरणा कोइरालालाई ६–२ र ६–४ को सोझो सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार पाए ।

यसअघि यू–९ सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गल्र्समा सुनिरा थापा, यू–१० सिंगल्सको ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा इभा अधिकारी तथा यू–१४ सिंगल्सको ब्वाइजमा आदित सुवेदी र गल्र्समा अभिलाषा विष्टले स्वर्ण जितेका थिए । यू–१८ डबल्सको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र भाई सम्यकको जोडी तथा गल्र्समा जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाको जोडी च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया