मातृभाषा पत्रकारिका प्रवद्र्धन गर्न मिडिया फेस्टिवल

काठमाडौँ, ४ मंसिर । नेवाः राष्ट्रिय पत्रकार दबूको आयोजनामा आगामी पुस २२ गते मिडिया फेस्टिवल सञ्चार महोत्सव हुने भएको छ ।

समावेशी सञ्चार र मातृभाषा पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिएका छन् ।

सञ्चार क्षेत्रसँग आवद्ध महानुभावहरु, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका स्थानीय जनप्रतिनिधि, समाजसेवी र सरकारी निकायसँगको समन्वयमा महोत्सव गर्न लागिएको हो ।

ललितपुर दरबार क्षेत्रको भण्डारखाल बगैंचामा गरिने यो महोत्सवमा वरिष्ठ सञ्चारकर्मीहरुसँग सञ्चार जगत्का विविध आयामबारे अन्तक्रिया समेत गरिने छ ।

दिनभर हुने उक्त महोत्सवमा विभिन्न सञ्चार गृहका प्रदर्शनी स्टल, उनीहरुका प्रकाशन र साँस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न स्टल व्यवस्थापनको जिम्मा विराजकाजी राजोपाध्यायलाई, सञ्चारको जिम्मा के के मानन्धरलाई, बुलेटिन र डायरी प्रकाशनको जिम्मा नृपेन्द्रलाल श्रेष्ठलाई र साँस्कृतिक कार्यक्रमको जिम्मा सुरजवीर बज्राचार्यलाई दिइएको छ ।

प्रतिक्रिया