सिंहदरबार भित्रबाटै टायर चोरी

काठमाडौं, २ पुस । देशकै सबैभन्दा बढी सुरक्षित ठाउँ सिहदरबारबाट गाडिको टायर चोरी भएको छ ।
यसअघि पनि ल्यापटप, मोवाइत हराएको थियो ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको छ ।

उक्त गाडीका चालक श्रीकृष्ण श्रेष्ठ हुन् ।  श्रेष्ठले शुक्रबार ब्रिज शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार सिंहदरबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि चालक श्रेष्ठले प्रहरीलाई खबर गरे ।

चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने प्रहरीकाे आशंका छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

प्रतिक्रिया