एम्बुलेन्स दुर्घटना हुँदा ५ घाइते

विराटनगर, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स विहिबारराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा-७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं-१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक इलाम-६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ ।

घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

प्रतिक्रिया