साफ अण्डर १५ गल्र्स फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौँ, २९ मंसिर । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले सफलताको कामनासहित बिदाइ गरे ।

पुस ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन् । पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ

त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ ।

प्रतिक्रिया