नारायण गोपाल सम्मान रसाइलीलाई

काठमाडौं । यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान’ संगीतकार तथा गायक सिके रसाइलीलाई दिइने भएको छ । नारायणगोपाल संगीत कोषले नारायण गोपालको २७औँ स्मृति दिवसको सन्दर्भ पारेर १९ पुसमा सो सम्मानका साथै ५० हजार राशि प्रदान गर्ने जनाएको छ ।

सोही सन्दर्भमा गीतकार रत्नशमशेर थापा, माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, नगेन्द्र थापा, किरण खरेल, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रूपमा सम्मानित गर्ने कोषका महासचिव उषा शेरचनले जानकारी दिइन् ।

प्रतिक्रिया