निर्वाचनपछि खाद्य गोदाममा भीड

काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै जिल्लास्थित खाद्य गोदाममा खाद्यान्न लिनेको भीड लागेको छ ।

निर्वाचनअघि केही समय कर्मचारीलाई मात्र वितरण गरिएको खाद्यान्न निर्वाचनलगत्तै १० किलोका दरले सर्वसाधारणलाई पनि वितरण गर्न शुरु गरिएपछि खाद्यान्न लिनेको भीड लागेको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले जानकारी दिए ।

जिल्लामा चिसो बढेसँगै हितपातसमेत शुुरु भएकाले स्थानीयवासी खाद्यान्न जोहोमा लागेका छन् ।

प्रतिक्रिया