सबै राजनीतिक दलसँग मिलेर देशको विकास गर्छाैः महासचिव पाेखरेल

काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन् ।

बुधबार टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए ।

उनले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताए ।

“हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उनले भने, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।”

उनले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास गर्न आग्रह गरे ।

काठमाडौँ क्षेत्र नं ५ मा विजय भएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताए ।

निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उनले भने, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।”

प्रतिक्रिया