काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म काठमाडौं जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ ।
एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा ९माओवादी केन्द्र०ले पाँच हजार १६५ मत पाएका छन् ।
सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।”
प्रतिक्रिया