चलचित्र ‘गोरे’ शुक्रबार रिलिज

काठमाडौं, २६ मंसिर । अमेरिकामा रहँदै आएका नायक दिलिप रायमाझी आफैद्धारा अभिनित चलचित्र ‘गोरे’ प्रदर्शन हुने भएपछि प्रमोशनको लागि नेपाल आएका छन् ।

यस क्षेत्रमा एक्शन नायकको खडेरी परिरहेको समयमा चलचित्र ‘गोरे’ मार्फत एक्शन नायकको उदय हुने भएको छ । नायक राकेश कुमार राई मार्शल आर्ट ताईक्वाण्डोका अन्र्तराष्ट्रिय प्रशिक्षक समेत रहेका छन् ।

उनको दमदार एक्शन भूमिका रहेको चलचित्र ‘गोरे’ यही मङ्सीर २९ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।

‘गोरे’ एक्शन, रोमान्टिक एवं समसामयिक विषयवस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र भएकोले व्यवसायिक रुपले पनि सफलता पाउने विश्वास निर्माणपक्षले लिएका छन् ।

रामेश कुमार राईको निर्देशन रहेको ‘गोरे’मा दिलिप रायमाझी, अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, ममता शर्मा, सूर्य जि.सि., आदिको साथमा नवप्रस्तुती राकेशकुमार राई, डा. गुन्नु घर्ति, अभिषेक गिरी, लगायतका कलाकारको अभिनय रहेको छ ।

जि.एस. मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसि हुन् भने चलचित्रको निर्मात्री रुपा जिसि हुन् ।

प्रतिक्रिया