‘मिस्टर झोले’ ट्रेलर सार्वजनिक


सौर्य समाचार
काठमाडौं, २६ मंसिर । रामबाबु गुरुङले निर्देशन गरेका चलचित्र ‘मिस्टर झोले’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, कमेडी र द्वन्द्वको कथालाई देखाइएको छ ।

सिनेमा आर्ट’ र ‘टेकेन खड्का प्रोडक्सन’ को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण गरिएको हो । चार वर्षअघि रिलिज भएको ‘झोले’ नाम जोडिएका पनि सिक्वेल भने नभएको निर्माण पक्षले जनाएको छ ।

२८ पुसमा रिलिज तयारीमा रहेको ‘मिस्टर झोले’ मा दयाहाङ राई, दिया पुन, वर्षा राउत, कमलमणि नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङकै कथा, कालीप्रसाद बाँस्कोटाको संगीत, रवि नौपानेको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया