‘माई लभ’ हेर्ने दर्शकमध्ये एक जना जापान जाने


सौर्य समाचार
काठमाडौं, २६ मंसिर । ०७२ सालको त्रासदीपूर्ण विनाशकारी भूकम्पको कथामा आधारित चलचित्र ‘माई लभ’ २९ मंसिरबाट प्रदर्शनमा आउँदै छ ।

चलचित्रको प्रचारप्रसारका लागि निर्माण पक्ष र यसका कलाकार अहिले देश दौडाहामा छन् । त्यस्तै प्रचारप्रसारमा विभिन्न स्क्यान्डल गर्दे नेपाली चलचित्र निर्माताले यो चलचित्र हेरिसकेका दर्शकमध्येबाट गोलाप्रथाबाट एक जनालाई जापान घुमाउन लाने जनाएको छ ।

नेपाली तथा जापानी कलाकारको अभिनय यो चलचित्रको प्रचारप्रसारलाई अहिले आक्रामक बनाइएको निर्माण पक्षले जनाएको छ । गोलाप्रथामा सहभागी हुन फिल्म हेरेका दर्शकले टिकट नं. र हलको नामसहित ‘माई लभ’ को फेसबुक पेजमा इनबक्स गर्नुपर्नेछ ।

विजेताले २५ अप्रिलमा जापानमा हुन लागेको ‘माई लभ’ को प्रिमियरमा सहभागी हुने मौका पाउनेछन् । पोखरामा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा अभिनेता गणेश लामाले ‘माई लभ’ एउटा सामान्य फिल्म मात्र नभएर आगामी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेजसमेत भएको दाबी गरे ।

चलचित्रमा विनाशकारी भूकम्पपछि जापानले नेपालीप्रति देखाएको सहानुभूति र सहयोगको कथा चलचित्रमा रहेको छ । चलचित्रले देशको एउटा महत्वपूर्ण घटना र त्यसबाट उत्पन्न त्रासदीलाई समेटेको अभिनेत्री शीतल श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘चलचित्रमा महत्वपूर्ण र जटिल विषय उठाइएको छ र यसमा डेब्यु गर्न पाउने सौभाग्य प्राप्त गरेकोमा गर्व लागेको छ ।’ चलचित्र ‘माई लभ’ लाई जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । चलचित्रमा गणेश लामा, शीतल श्रेष्ठ, रिवन मित्सुतानी लगायतको अभिनय छ ।

प्रतिक्रिया