डा. हरिप्रसाद शर्मा । ०४६ को परिवर्तनपछिका २८ वर्षमा २२ वर्ष नेपाली कांग्रेसले शासन ग¥यो । वामपन्थी शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र केही समय शासनमा रहे । त्यसको जस–अपजस लिन दुवै दल तयार छन् । तर, ०४६ पछिको दौरानमा नेपालले जति फड्को मार्नुपर्ने हो, त्यो हुन सकेन । १९६० को दशकमा विकासका दृृष्टिकोणले हामीसँगै रहेका छिमेकी मित्रराष्ट्र« भारत, चीनलगायत देशहरू धेरै अगाडि पुगिसके । नेपाल भने अल्पविकसित मुलुककै कोटीमा रहन बाध्य छ ।
मुलुकलाई यो पछौटेपन र अल्पविकासमा अल्झाइरहनु तथा असमानता र वञ्चितीकरणका कारण सशस्त्र द्वन्दको मारमा मुलुकलाई पु¥याउनुमा लामो समय शासन गरेको नेपाली कांग्रेस नै प्रमुख रूपमा जिम्मेवार छ । नेपाली कांग्रेसको गलत अर्थ नीतिका कारण मुलुकको अवस्था निकै पछि परेको प्रस्टै छ । आरोप लगाएको भन्न सकिएला, तर तथ्यले यही देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको सन २०१७ अक्टोवरको तथ्यांकअनुसार दक्षिण एसियाली मुलुकमा नेपालको प्रतिव्यक्ति आम्दानी अफगानिस्थानभन्दा मात्र एक स्थान माथि छ ।
अफगानिस्थानको प्रतिव्यक्ति आम्दानी ५ सय ७२ अमेरिकी डलर छ भने नेपालको ८ सय २४ डलर छ । सन १९९० मा नेपाल, भारत र चीनको प्रतिव्यक्ति आय झन्डै÷झन्डै उस्तै थियो । चीनले आफ्नो प्रतिव्यक्ति आय २५ गुणाले वृद्धि गरी करिब ९ हजार डलर पु¥याएको छ । भारतले पनि करिब १९ सय डलर पु¥याएको छ । तर, नेपालको ८ सय ५० डलर मात्र छ । यसको जबाफ कांग्रेसले दिनुपर्छ कि पर्दैन ? सन् १९९० मा चीनको भन्दा भारतको प्रतिव्यक्ति आम्दानी धेरै थियो ।
(चीनको प्रतिव्यक्ति आम्दानी ३ सय ४९ डलर थियो भने भारतको ३ सय ८५ डलर थियो । अहिले चीन कहाँ पुगिसक्यो ? के यो कांग्रेसको जस्तो छाडा उदारवादी नीति लिएर राज्यको भूमिकालाई खुम्च्याएर प्राप्त भएको हो ? बिल्कुल होइन । कुल गार्हस्थ्य उत्पादनको अवस्था पनि यस्तै छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकअनुसार नेपालभन्दा पनि सानो दक्षिण एसियाली राष्ट्रहरू श्रीलंका र बंगलादेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) नेपालभन्दा क्रमशः चार गुणा र १० गुणा वढी छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन जम्मा २४ अर्ब डलर छ भने श्रीलंका र बंगलादेशको क्रमशः ८४ अर्ब र २ सय ५० अर्ब डलर छ । सन् १९९० मा नेपालको कुल गार्हस्थ्य उत्पादन चार अर्ब डलर थियो जुन ६ गुणाले बढेर अहिले २४ अर्ब डलर पुगेको छ । जबकि, भारत र चीनको कुल गार्हस्थ्य उत्पादन क्रमशः ३ सय २७ र ३ सय ९९ अर्ब डलरबाट ७ दशमलव ५ गुणा र ३० गुणाले वृद्धि भई क्रमशः ११ हजार ९ सय ३८ अर्ब डलर र २४ सय ३९ अर्ब डलर पुगेको छ ।
अन्य मुलुकको यस्तो प्रगति हुँदा नेपाललाई गरिब देश बनाउने कांग्रेसले गौरव गर्नु लज्जाको विषय हो । कुल गार्हस्थ उत्पादनमा चीन अहिले संसारमा नै अमेरिकापछि दोस्रो मुलुकमा दर्ज भएको छ । संसारको कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत भार चीनको छ । अमेरिकाको २५ प्रतिशत छ । अमेरिका र चीनमा राष्ट्र«पतीय शासन व्यवस्था छ । सन १९९० को दशकमा आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय आदिमा नेपालकै हाराहारी भएको चीन अहिले संसारको प्रभुत्वशाली राष्ट्रको श्रेणीमा छ ।
कार्यकारी राष्ट्र«पतिले समृद्धिका सवै ढोका वन्द हुने कांग्रेसको अर्को दृष्टिदोष पनि यससँग जोडिएको छ । मानव विकास प्रतिवेदन २०१६ अनुसार नेपालका स्थान दक्षिण एसियाली मुलुकमा पाकिस्थान र अफगानिस्थानभन्दा मात्र माथि छ । कुल १८७ राष्ट्रमध्ये नेपाल १४२औँ स्थानमा छ । यो नै कांग्रेसका लागि गौरव गर्ने विषय भएको छ ।
यसैगरी विश्वव्यापी भ्रष्टाचारको मापन गर्ने ग्लोवल करपस्न इन्डेक्स २०१६ अनुसार नेपाल दक्षिण एसियाली मुलुक बंगलादेश र अफगानिस्थानभन्दा मात्र माथि छ । कांग्रेसकै सुशासनले होला, कुल १ सय ६८ राष्ट्रमध्ये नेपाल १ सय ३१ स्थानमा पुगेको । यसलाई के भन्ने ? अब वस्तुगत समीक्षा गरी अघि बढ्न जरुरी छ । विश्व बैंकको विश्वव्यापी शासकीय अवस्था मापन गर्ने गर्भनेस इन्डिकेटर २०१५ अनुसार नेपाल दक्षिण एसियाली मुलुक अफगानिस्थान र बंगलादेशभन्दा मात्र माथि छ ।
यसैगरी, विश्वबैंककै तथ्यांकअनुसार दक्षिण एसियाली मुलुकमा गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिशत अफगानिस्थान र बंगलादेशपछि सबैभन्दा धेरै छ । अफगानिस्थान र बंगलादेशको क्रमशः ३६ र ३२ प्रतिशत छ भने नेपालको २५ प्रतिशत । अब कांग्रेसको २२ वर्षको शासनलाई जनताले कसरी बुझ्ने ? यसको पनि समीक्षा हुनुपर्छ । सार कुरा यो हुन आउँछ कि, कांग्रेस सरकारमा आयो भने अर्को २५ वर्षमा पनि गरिबी १० प्रतिशतमुनि झार्न सक्दैन । विश्व बैंकका संसारकै व्यावसायिक वातावरण मापन गर्ने डोइन्ज बिजनेस रिपोर्ट २०१७ अनुसार पनि दक्षिण एसियाली मुलुकमा नेपालको स्थान त्यति सन्तोषजनक छैन ।
नेपालको स्थान १०५औँ स्थानमा छ । कांग्रेस भन्छ, दोस्रो चरणको सुधार गर्न नपाएर धेरै विकास नभएको । तर, पहिलो चरणको सुधारले नै नेपाललाई परनिर्भर र कमजोर बनाई सकेकोमा दोस्रो चरणको सुधारले झन् कहाँ पु¥याउने होला ? कांग्रेसले सत्तामा रहँदा परनिर्भरताको पक्षमा मात्रै काम गरेको तथ्य अब कसैसामु छिपेको छैन । नेपालले कुल आयातको ८ प्रतिशत मात्र निर्यात गर्दछ । आयातको ९२ प्रतिशत रकम हामी विप्रेषण, पर्यटन आम्दानी र विदेशी सहायताको माध्यमले तिर्छौं ।
हामी कुल गार्हस्थ उत्पादनको ३६ प्रतिशत आयात र ३ प्रतिशत मात्र निर्यात गर्छौं, जुन कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत व्यापार घाटा हुनु हो । कांग्रेसको आयात प्रतिस्थापनलाई विकासको अवरोधको रूपमा हेर्ने नीतिकै कारण व्यापार घाटा यस्तो हुन थालेको हो । नेपाली उद्योग कलकारखानहरूलाई निजीकरणका नाममा टाट पल्टाएर राष्ट्रिय उत्पादन क्षमतामा ह्रास ल्याउँदै विदेशी सामानको भरमा मात्र मुलुक चलाउने नीति लिने कांग्रेसले यसको जबाफ दिन सकिरहेको छैन मात्रै होइन, दिनै चाहेको छैन ।
नेपाली अर्थतन्त्र गरिबका छोराछोरीले अरबको खाडीमा गएर कमाएको विप्रेषण वा रेमिटेन्सले धानेको छ । रेमिटान्सबाट हुने आय कुल गार्हस्थ उत्पादनको करिब ३० प्रतिशत छ । खाडीका देशहरूले त्यही रोजगारी पनि बन्द गरे भने मुलुकको हालत के होला ? उद्योग कलकारखाना बन्द गराउने । सबै सामान विदेशबाट ल्याउने अनि समृद्धिको सपना पनि देख्ने र जनतामा विकास गरेको झ्याली पिट्ने काम कांग्रेसले गरिरह्यो । जनताले उसको यो कुरा बुझेका छन् । त्यसैकारण कांग्रेस जनताको नजरमा अविश्वसनीय शक्तिका रूपमा परिचित बन्न पुग्यो ।
बर्सेनि हाम्रो मुद्रा अवमूल्यन हुँदै छ ।१० वर्षअघि एक अमेरिकी डलर बराबर ६० रूपैयाँ विनिमय दर थियो, अहिले १०४ रुपैयाँ छ । कांग्रेसको दोस्रो चरणको सुधार भनेको मुद्रा अरू अवमूल्यन गर्ने र मुलुकलाई थप कमजोर बनाउने हो, न कि मुद्रालाई नै बलियो बनाउने । कुल गार्हस्थ उत्पादनमा हरेक वर्ष उद्योगको उत्पादन प्रतिशत वा अंश घट्दो छ । कांग्रेसले शाासन सुरु गर्दा यो करिब १५ प्रतिशत थियो, जबकि उसको औद्योगीकरणको असफल नीतिका कारण यो घटेर ६ प्रतिशतमा आइपुगेको छ ।
औद्योगिक तथा व्यापारिक वस्तुको आयात त पर छाडिदिऊँ, कृषिसँग सम्बन्धित प्रायः सबै वस्तु आयात गर्नुपर्ने अवस्था छ । कांग्रेसले नै कृषिको अनुदान घटाएर तथा औद्योगिक संरक्षण समाप्त पारेर यस्तो अवस्थाको सिर्जना भएको होइन ? कांग्रेस अहिले यसैमा गौरव गर्दै नेपालीसँग विकासका नाममा मत मागिरहेको छ ? के नेपाली जनता अब त्यति अबुझ छन् र ? त्यसैको परिणाम निर्वाचनमा चखाइदिएका छन् जनताले । सधैँ जनतालाई ढाँट्दै आएको कांग्रेसले यसपटक भने जनतासँग ढाँट्ने कला गुमाएको छ । त्यसैले, उसले पराजयको सामना गर्नुपरेको हो ।
प्रतिक्रिया