काठमाडौं । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिष्पर्धा देखिएको छ । दुई दलबीच तीव्र प्रतिष्पर्धा देखिए पनि माओवादी केन्द्र भने केही पछाडि रहेको छ । प्रत्यक्ष तर्फका प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम सकिनै लाग्दा समानुपातिकतर्फको मतगणना पनि सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ दुवै सभाका मतगणना सकिएको स्थानमा समानुपातिक तर्फका मतगणना जारी रहेको बताएको छ । आइतबार रातीसम्म नेकपा एमालेले १ लाख ९८ हजार ५१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १ लाख ८९ हजार २ सय ६३ मत ल्याएको छ । यसैगरी माओवादी केन्द्रले ९१ हजार ७ सय ४६ मत ल्याउदा नयाँ शक्तिले ८ हजार १ सय ३२ मत ल्याएको छ । त्यसपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दल रहेका छन् ।
प्रतिक्रिया