नेम्वाङ विजय जुलुसको तयारीमा

पाँचथर २३ मंसिर । पाँचथरमा एकमात्र प्रतिनिधिसभा सदस्य तर्फ वाम गठबन्धनका साझा उम्मेद्वार एमालेका बसन्तकुमार नेम्वाङको विजय जुलुसको तयारी भइरहेको छ । कार्यकर्ताहरू नेम्वाङलाई विजयी माला पहि¥याउन हतारो गरिरहेको बताइएको छ ।

केहिछिनमा नेम्वाङ भारिमतले बिजयी हुदैछन् । नेम्वाङको पक्षमा पछिल्लो समाचार तयार गर्दासम्म ३५ हजार १ सय ३२ प्राप्त भएको छ । नेम्वाङका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भिष्मराज आङदेम्बे ले २५ हजार ९८ मत प्राप्त गरेका छन् । १० हजार ३४ मतको मतान्तर रहेको छ ।

त्यस्तै संघिय लिम्बूवान मञ्चका उम्मेद्वार सागर केरुङले १४ ६५ सय प्राप्त गरेका छन् । त्यस्तै संघिय समाजवादी फोरम का उम्मेद्वार प्रेमराज लावतीले १ हजार ७ सय ९८ प्राप्त गरेका छन् । त्यस्तै मालेका उम्मेद्वार दिनानाथ घिमिरेले ८ सय ४५ प्राप्त गरेका छन । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार भगिरथ लिम्बूले ३ सय ८६ प्राप्त गरेका छन ।

त्यस्तै, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिवादीका उम्मेदवार शान्ति माया लिम्बुले २ यस ५८ प्राप्त गरेकी छन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार दिलबहादुर लावतीले १ सय १० प्राप्त गरेका छन । मंगोलनेशनल अर्गनाईजेसनका उम्मदवार टोमराज थाम्सुहाङले १ सय ८३ प्राप्त गरेका छन । खसेको मत मध्ये अब गणनाहुन ७ हजार २ सय ५० रहेको बताइएको छ । बदर मतको सख्या भने ५ हजार ३ सय ३ रहेको छ । प्रतिनिधिसभाको गणना सकिए पछि प्रदेशको गणना हुने निर्वाचन आयोगको भनाइ रहेको छ । यता प्रदेसभाका उम्मेदवारलाई भने मत परिणाम पर्खन आतुर रहेको पाईन्छ ।

 

प्रतिक्रिया