पाँचथरमा वाम गठबन्धनको अग्रता, नेम्वाङको विजय सुनिश्चत

कृष्ण ओझा
पाँचथर, २२ मंसीर । पाँचथरमा एकमात्र प्रतिनिधि सभा सदस्य तर्फ १५ हजार छ सय पाँच मत गणना हुँदा पाँचथरमा बाम गठबन्धन १६ सय ४८ मतले अघि देखिएको छ ।

बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेकपा एमालेका वशन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेले ५ हजार ८ सय ३ मत प्राप्त गरेका छन ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रेमराज लावतीले ३ सय २३, संघीय लिम्बुवान मञ्च नेपालका सागर केरुङले २ सय ७९, नेकपा मालेका दिनानाथ घिमिरेले २ सय ४१, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले १ सय ८५, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का शान्तिमाया शिगु लिम्बूले ४३, नयाँ शक्ति पार्टीका दिल बहादुर लाओतीले २६ र मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङले ९ मत प्राप्त गरेका छन् ।

अहिले सम्म गणना गरेको १५ हजार ६ सय ५ मतमा १ हजार २ सय ४५ मत बदर भएको छ । मतगणना उच्च सुरक्षा बिचमा भइरहेको छ । प्रतिनिधिसभा तर्फको मत गणना सकिएपछि प्रदेशसभा र समानुपातिकको गणना हुने निर्वाचनआयोगले जनाएको छ ।

 

प्रतिक्रिया