रामेछापमा बामगठबन्धन अगाडि

काठमाडौं, २२ मंसिर । रामेछापको पछिल्लो परिणाम अनुसार बामगठबन्धन नै अगाडि रहेको छ । बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य माओवादी केन्द्र श्यामकुमार श्रेष्ठ ६ हजार ५ सय ८७ मत ल्याएर कांग्रेस प्रतिद्धन्दि पूर्णबहादुर तामाङलाई पछाडी पारेका छन् ।

नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले भने ४ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा सदस्य क्षेत्र नम्बर (क)बाट नेपाली काङ्ग्रेसका रत्न कार्की २ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् भने त्यस्तै बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले ३ हजार ९ सय ५५ मत ल्याएका छन् ।

क्षेत्र नम्बर (ख) बाट नेपाली काङ्ग्रेस जित बहादुर मगर १ हजार ७६७ मत ल्याएका छन् । बाम गठबन्धन कैलाश प्रसाद ढुंगेलले ४ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया