वाम गठवन्धनको अग्रता अाकंडा यस्तो छ

काठमाडौं २२ मंसिर । पछिल्लो समयको मत गणना जारी रहँदा वाम गठवन्धनको पक्षमा राम्रो परिणाम आउने देखिएको छ । यद्यपि,पूर्ण मतपरिणाम नआएसम्म आकंलन गर्नु त्यति उचित नहोला । तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ ।

वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभामा १७ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा एमालेले २२ स्थानमा अग्रता लिएको छ । वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले हालसम्म प्रतिनिधिसभामा १३ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा भने माओवादीले १६ स्थानमा अग्रता लिएको छ ।

समग्रमा वामगठवन्धनको पक्षमा प्रतिनिधीसभामा ३० र प्रदेशसभामा ३८ स्थानमा अग्रता रहेको छ ।  लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा ४ स्थानमा अगाडि रहेको छ । प्रदेशसभामा भने कांग्रेसको ७ स्थानमा अग्रता छ । लोकतान्त्रिक गठबन्धनकै अर्को दल नयाँ शक्ति नेपाल भने प्रतिनिधिसभा १ स्थानमा मात्रै अग्रता छ ।

प्रतिक्रिया