अफगानिस्तान, १८ मङसिर । अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमाण्डर मारिएका छन् ।
उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका छन् ।
एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी तीन तालिवान स्थानीय कमाण्डर मारिएका छन् ।
साथै अन्य छ घाइते भएका गजनी प्रान्तका प्रहरी प्रमुख मोहम्मद जमानले बताए । हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ ।
यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।
यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा भएको चालकरहित हवाई आक्रमणमा कम्तीमा छ इस्लामिस्ट स्टेट्स आइएसआतङ्ककारी मारिएका प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोगीआनीले बताएका छन् ।
हस्का मिना जिल्लामा भएको यस मानवरहित विमान कारबाहीमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
आइएस आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा हालसम्म केही टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया