श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

महोत्तरी, २० कात्तिक । क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन् । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उनी पराजित भएकी थिइन् ।

प्रतिक्रिया