जबरजस्ती संसद् नचलाउन सभामुखलाई लिङ्देनकाे आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा सबै दल र सांसदको बराबर हैसियत हुने भएकाले कुनै दल र सांसदको सहमतिबिना संसद् बैठक नचलाउन आग्रह गरेका छन् । संसद्को आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुख एक सिटको पनि र सय सिटको पनि अभिभावक भएका कारण सबैको आवाजलाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

आफूहरूले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आन्दोलन गरिरहेको समयमा जबरजस्ती संसद् चलाउनु न्यायसङ्गत नभएको उनले बताए । लिङ्देनले नेपालको निर्वाचन प्रक्रियाअनुसार संसद्मा प्रतिनिधित्व गरेका सांसदलाई सभामुखले नजरअन्दाज गर्न नमिल्ने बताए ।

प्रतिक्रिया