हुम्ला, १४ कात्तिक । कर्णाली आँखा जाँच तथा शल्यक्रिया शिविर कात्तिक ८ गतेदेखि १२ गते सम्म सम्पन्न भएको छ । नेपाल नेत्रज्याति संघ र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा कार्यक्रम भएको थियो ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक, औषधि तथा आर्थिक सहयोग भएको थियो । उक्त शिविरमा ४६ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया भएको थियो ।
पोखराका डा. हरिविक्रम अधिकारीको टोलीले जिल्लाका ६५० जनाको आँखा जाँच तथा औषधि चश्मासमेत निशुल्क वितरण गरेको डा. सुमनशम्शेर थापाले जानकारी दिए । शिविरमा तीन हजार ६२० जनाले सेवा पाएका थिए ।
प्रतिक्रिया