महिलाको प्रजनन स्वास्थ्य सुधारमा जोड

/fi6«klt ;Daf]wg w'lnv]n c:ktfn / hd{g g]kfn ;f];fO{6L ckm cA;6«]l6S; P08 ufOgf]nf]hL -lh–g];f]u_ sf] ;+o'Qm cfof]hgfdf  cfh w'lnv]n c:ktfndf ePsf] klxnf] cGt/f{li6«o ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M k]df nfdf, sfe|]knf~rf]s, /f;; .

बनेपा, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा व्याप्त गलत रुढीवादी परम्पराका कारण महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएकि छिन् ।

धुलिखेलमा स्त्रीरोग विशेषज्ञको अन्तरराष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले आफूमाथि हुने शारीरिक तथा मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य सेवाको अभाव तथा आर्थिक स्रोतमा न्यून पहुँच हुँदा थ्रुप्रै महिलाले अकालमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त व्यक्त गर्दै महिलाको प्रजनन स्वास्थ्य सुधार र लैंगिक समानता तथा महिलाविरुद्धको हिंसा अन्त्य गर्न आवश्यक भएकामा जोड दिइन् ।

उनले भनिन्, “विशेषज्ञ तथा चिकित्सकले प्रजननका बेला स्वस्थ मुस्कानसहितको सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले नेपाले कैयौँ जटिलताबीच प्रजनन स्वास्थ्यका क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य हासिल गरेको उल्लेख गर्दै शहरी क्षेत्रमा चिकित्सा क्षेत्रले उल्लेखनीय प्रगति हासिल गरे पनि ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तारित र गुणस्तरीय हुन नसक्नु दुःखको विषय हो भनिन् ।

राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा सबै भौगोलिक क्षेत्रमा समान रुपले प्रदान गर्न सम्मेलनले सर्वस्वीकृत मान्यता विकास गर्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठ र केयु स्कुल अफ मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजुले सम्मेलनमा उपचार विधिबारे अनुभव आदानप्रदान हुने बताए ।

जर्मनी-नेपाल सोसाइटी अफ अब्सट्रिसियन एण्ड गाइनोक्लोजिष्ट र धुलिखेल अस्पतालले संयुक्त रुपमा आयोजनामा गरेको तीनदिने सम्मेलनमा १० देशका स्त्रीरोग विशेषज्ञसहित फिजियोथेरापिष्टलगायत ३०० जनाको सहभागिता छ ।

सम्मेलनमा महिलाको आङ खस्ने, पिसाब चुहिने, गर्भवती हुँदा आउने समस्या, रक्तश्रावलगायत महिलाको प्रजनन स्वास्थ्यबारे अन्तरराष्ट्रिय अनुभव आदानप्रदान हुनेछ ।

सम्मेलनमा जर्मनी, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, भारत, क्यानडा, अमेरिका, श्रीलंका, डेनमार्क, नर्वे र नेपालको सहभागिता छ ।

प्रतिक्रिया