चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

pakrauमेलम्ची, १४ भदौ । कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-११ का ४५ वर्षीय वाङदोर्जे लामालाई बुधबार इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोेलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र ५० हजार जरिवाना सुनाएको थियो ।

लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

पक्राउ परेका लामालाई बुधबार जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया