जसले मान्छेको मासु खाएको स्वीकारे . . .

manxeko masuदक्षिण अफ्रिका १४ भदौ । क्वाजुलु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ । गत जुलाई महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको सिकार बनेको ठानिएको छ । सो समूहसँग सम्वद्ध भएको आशंकामा अहिलेसम्म ५ जना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो । ती उपचारकले मान्छेको मासु खाँदा–खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन् । सुरुमा प्रहरीले उनको कुरा पत्याएनन् । प्रमाणको रूपमा ती उपचारकले रक्ताम्य हात र पैतला देखाएपछि प्रहरीले तत्काल उनलाई गिरफ्तार ग¥यो ।

त्यसपछि उनले आफू भाडामा बस्दै आएको घरमा प्रहरी अधिकारीहरूलाई लगे, जहाँ प्रहरीले पकाउने भाँडामा मान्छेका ८ वटा कान फेला पारे । उपचारकले मान्छेका कानहरू आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ । ग्राहकहरूलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो । सुटकेसभित्र अरू मानव अंगहरू पनि भेटाइएको थियो । झाक्रीको झुपडीमा भएका मानव अंगहरूका बीच लाशवेयोको शव र च्यातिएका लुगाहरू भेटिएका थिए । उनको परिवारका सदस्यले लाशवेयोका लुगाहरू चिनेका थिए । प्रहरीले लाशवेयोकै शव भएको सुनिश्चित गर्न उनका २ वर्षीय छोरासँग डिएनए मिलाउने प्रयास भइरहेको जनाएको छ । लाशवेयोको परिवारले अझै उनको अन्तिम संस्कार गरिसकेको छैन ।

आँसु पुछ्दै लाशवेयोकी नोजिफो एन्टेलेले भनिन्, ‘हामीले अनुमान मात्रै लगाउन सक्छौँ कि लाशवेयोले जिन्दगीका लागि कसरी भिख मागेकी होलिन्, उनले निकै पीडादायी मृत्यु पाइन् ।’ ‘लाशवेयोका लुगाहरू धुँलो र घाँसले छोपिएका थिए जसको अर्थ आफूलाई बचाउन उनले निकै प्रयास गरेकी होलिन् ।’ डकुर भन्ने ठाउँनजिकै एउटा घर भाडामा लिएर ती उपचारक बस्दै आएको बताइएको छ । ती उपचारकलाई ‘मोन्योवु’ नामले बोलाउने गरिएको छ जसको अर्थ स्थानीय जुलु भाषामा ‘भ्रष्ट’ हुन्छ । उनले फिलानी मगुबाने नाम गरेका व्यक्तिबाट उक्त घर भाडामा लिएको बताएका छन् । उपचारकको मतियार भएको आरोपमा मगुबानेका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ । मगुबानेले भने, ‘म निकै स्तब्ध छु कि मेरो भाइले पनि ती उपचारकका परी कथाहरूमा विश्वास ग¥यो, उपचारकले उसलाई धनी बनाइदिने आश्वास दिएका थिए ।’

२ महिनाअघि मात्रै ती उपचारक त्यहाँ सरेका थिए ।  जागिर खोज्दै गरेका आफ्ना भाइसहित अरू ३ जना युवालाई ती उपचारकले आफ्नो लागि काम गर्न लगाएको मगुबानेले बताएका छन् । उपचारकले जादु गर्नका लागि भन्दै मध्यरातमा मानिसहरूको चिहान खन्न ती युवाहरूलाई पठाउने गरेको बताइएको छ । मान्छेका मासु खाने गरेका झाक्री गत हप्ता अदालतमा उपस्थित भएपछि स्थानीय राजनीतिककर्मी थेम्बेनी माजोलाले समुदायको बैठक बोलाए । मानिसहरूलाई नडराउन सल्लाह दिँदै उनले भने, ‘अधिकांश स्थानीयवासी स्तब्ध छन् र अहिले डरमा बाँचिरहेका छन् ।’  दक्षिण अफ्रिकी परम्परागत उपचारकहरूको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन् ।

‘मोन्योवु’ नक्कली उपचारक भएको बताउँदै उनले धनी बन्ने प्रयासमा ती व्यक्तिले आफूहरूको ‘सम्मानित पेसालाई बदनाम गरेको’ बताइन् । मान्छेको मासु खाने गरेको आरोप लागेका ५ जनालाई सोमबार अदालतसमक्ष उपस्थित गराइँदा बाहिर प्रदर्शन भइरहेको थियो । उनीहरूलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो र सेप्टेम्बर महिनाको अन्त्यतिर उनीहरूलाई पुन अदालतमा उपस्थित गराइनेछ ।

प्रतिक्रिया