‘नालापानी’ युद्धको …

nalapani
काठमाडौं १४ भदौ । नालापानीमा अंग्रेजसँग भएको युद्धलाई निर्देशक रमेश अधिकारीले पर्दामा उतार्ने भएका छन् । भारतको देहरादुनस्थित ‘नालापानी’ गढीमा भएको युद्धको ऐतिहासिक पक्षलाई फिल्ममा उतार्ने निर्मातासमेत रहेका अधिकारीले बताए । बलभद्र कुँवरको बहादुरीको प्रशंसाका साथै त्यहाँको लडाइँलाई आधार बनाएर ‘नालापानी’ बन्ने भएको हो । नेपालीहरू अंग्रेजसँग लडेको युद्धमा नेपालीले देखाएको बहादुरीको २ सय ३ वर्ष पहिलाको इतिहासलाई फिल्ममा उतार्न खोजिएको निर्देशक अधिकारीले बताए ।

उनले भने, ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिका पिँढीको लागि संरक्षण गर्न र विश्वमा इतिहासलाई चिनाउन फिल्म निर्माण गर्न लागेका हौँ ।’  रामराजा कुवँरले लेखेको ‘वीर बलभद्र कुँवरः ऐतिहासिक पुस्तक’ मा आधारित रहेर फिल्म बनाउन लागिएको हो । मनोज शाक्यको लगानी रहेको सो फिल्ममा अर्जुनजंग शाही, नवल खडका, विशाल श्रेष्ठ, मनोज शाक्य, विकेश श्रेष्ठ, विष्णु मोक्तान, दीपेन्द्र सिंह दर्नाल, गीता अधिकारी, विशाल पहाडी, सुन्दर श्रेष्ठ, कृष्ण आचार्य, ईशान बिजु, तुलसा थापा, प्रनिश शाक्य लगायतको अभिनय रहने छ ।

आशिष रेग्मीको पटकथा र संवाद, रोशन श्रेष्ठको रहेको सो फिल्म पद्याकुमारी फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया