इजरायल विरोधि विभेद हटाउन राष्ट्रसङ्घका महासचिवसँग आग्रह

antonio-guterresजेरुुसेलम, १३ भदौ । इजरायली राष्ट्रपति रेउभेन रिभलिनले इजरायल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग ‘इजरायल विरोधि विभेद’ अन्त्य गर्न केही प्रयास गर्न सोमबार आग्रह गरेका थिए ।

विश्वको एकमात्र यहुदी राज्य इजरायलमाथि लक्षित गरी हुने गरेका काम र चेतावनीले इजरायलको अस्तित्वमाथि प्रश्न उठाइने गरेको र यो इजरायलका लागि स्वीकार्य नहुने उनको भनाई थियो ।

इजरायल विरोधि विभेद कुनै पनि मुल्यमा अन्त्यहुनुपर्ने बताउदै यसमा राष्ट्रसङ्घको पहल जरुरी रहेको राष्ट्रपति रिभलिनले महासचिव गुटेर्रेससँग जेरुसेलमा भएको भेटमा बताए ।

राष्ट्रसङ्घको सदस्य कुनै पनि राष्ट्रले यस किसिमको विभेद गर्न नपाउने बताउँदै विभेदकारी कामले राष्ट्र–राष्ट्रबीचको सहकार्यलाई कमजोर बनाउने र यो अन्तर्राष्ट्रिय कानून विपरित भएको, उनले बताए ।

उक्त भेटमा गुटेर्रसले आफ्नो कार्यकालमा इजरायलको यो मागलाई राष्ट्रसङ्घको महासभामा राख्ने र इजरायललाई समान रूपमा व्यबहार गरिने विश्वास दिलाए ।

गुटेर्रेसले कतिपय इजरायली अडानमा विमति खाख्ने गरेको भएपनि इजरायल र प्यालेष्टिनीबीच शान्ति कायम गर्न चाहेको आफूले पाएको राष्ट्रपति रिभलिनले बताए ।

आइतबार रातीे इजरायलको तेल अभिभमा आएको र तीन दिन लामो भ्रमणका क्रममा उनले इजरायल तथा प्यालेष्टिनीबीचको समस्या समाधानमा पहल गर्ने बताए । गुटेर्रेस इजरायली नेताहरूसँगको भेटपछि रामल्लाहमा गई प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया