रोदनका १ सय १ मुक्तक

Rashmi rodanकाठमाडौं १३ भदौ । युवा साहित्यकार रश्मी रोदनको १ सय १ मुक्तक रहेको ‘प्रियतम’ सार्वजनिक गरिएको छ । अग्रज गजलकार ज्ञानुवाकर पौडेल, डा. कृष्णहरि बराल, पोष्टराज चापागाईं, सुदीप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले संयुक्त रूपमा सो मुक्तकसंग्रहको सार्वजनिक गरेका हुन् । रश्मीका मुक्तक सान्दर्भिक रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

कृतिमाथि टिप्पणी गर्दै सन्तोष श्रेष्ठले अबको जमना भनेको बोल्नेहरूको मात्रै भएको बताउँदै भने, ‘रश्मीको मुक्तकसंग्रहले मायाप्रेमलाई केन्द्रीत गरेको हुँदा मुक्तककारको उमेरले पनि त्यसलाई प्रस्ट प्रभाव पारेको हुनसक्छ ।’  गीतकार डा. कृष्णहरि बरालले रश्मी रोदनको लेखकीय क्षमताले पनि मुक्तक संग्रह सबल बनेको बताए । साहित्यकार पोष्टराज चापागाईंले मुक्तकसंग्रह निकै राम्रो रहेको र रोदनको लेखनीय क्षमता पनि सबल रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले रश्मीका मुक्तक उत्कृष्ट रहेको बताए ।

प्रतिक्रिया