नेपालमा ‘रोड सेफ्टी फिल्म फेस्टिबल’ हुने

Road show

कञ्चनपुर, ११ भदौ ।  नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा) को संयोजनमा नेपालमा पहिलो पटक ‘रोड सेफ्टी फिल्म फेस्टिबल’ हुने भएको छ ।

आगामी १७ र १८ कात्तिकमा हुने सो फेस्टिबलको व्यवस्थापन फेस्टिबल स्वतन्त्रता अभियान नेपाल (एसएएन), रोड सेफ्टी फोरम नेपाल र नासा फाउन्डेसनले गर्ने जनाइएको छ ।

फेस्टिबलमा सडक सुरक्षासम्बन्धी छोटो फिल्मको प्रतिस्पर्धाका साथै फिल्म निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल गरिने ‘रोड सेफ्टी फिल्म फेस्टिबल’ की संयोजक नम्रता तुसुजु जनाइन् ।

यससँगै, सडक र सवारी सुरक्षासम्बन्धी गीत, संगीत तथा कला, साहित्य र वृत्तचित्रसमेत प्रदर्शनी गरिने तुसुजुले बताइन् । फेस्टिबलमा सहभागी हुनका लागि सेप्टेम्बर १५ भित्र फिल्मको अवधारणा बुझाइ सक्नुपर्ने तुसुजुले जनाइन् ।

प्रतिक्रिया