ललितपुर मोबाइल एक्स्पो हुँदै

Logo of Mobile Expo 2074काठमाडौं । ललितपुर मोबाइल एक्स्पो २०७४ आगामी १६ भदौदेखि आयोजना हुने भएको छ । ललितपुर मोबाइल एक्स्पोले दसैँ तथा तिहारको अवसर पारेर मेला आयोजना गर्न लागेको हो । मेलामा विभिन्न ब्रान्डका मोबाइल फोनहरूको कारोबार हुने आयोजकले जानकारी दिएको छ ।

मेला आगामी १६ देखि २६ सम्म लाग्ने कम्पनीले जनाएको छ । ललितपुर कम्प्लेक्समा नै रहेको टेलिइनोभेसन प्रालिको सोरुमको ग्रान्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुने आयोजकले जानकारी दिएको छ । ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गर्न लागेको एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिइने र ग्राहकहरूले कुनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट पाउने जनाएको छ ।

त्यस्तै प्रत्येक मोबाइलको खरिदमा हात खाली नजाने उपहारहरू पनि राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर आदि रहेका छन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सय रुपैयाँ देखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका फोनहरू उपलब्ध हुने जनाएको छ ।
कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरू सँगै विभिन्न मोबाइल कम्पनीहरूले ल्याएका अफरहरू पनि साथमा लागू हुनेछन् । जसमा स्त्र्mयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टुरलगायत रहेका कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘यहाँ गुणस्तरीय र ब्रान्डेड मोबाइल मात्र उपलब्ध हुन्छन् भन्ने ग्राहकहरूलाई थाहा भइसकेको छ,’ बस्नेतले भने, ‘अब हामी हाम्रा ग्राहकहरूलाई आकर्षक उपहारसहित खुसी बनाउन चाहन्छौँ ।’

प्रतिक्रिया