अमेरिकाले अफगानिस्तानमा सेना नपठाउने

A British soldier shows his rifle to Afghan children as he secures an area near an ANP checkpoint outside the town of Lashkar Gah in Helmand province, southern Afghanistanमनिला २४ साउन । अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्नेबारेमा बहस सुरु भएको छ । पछिल्लो बहसअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अमेरिकी सेना अफगानिस्तानमा नपठाउने अनुमान गरिएको छ । यो विषयको खुलासा सोमबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले गरेका छन् । फिलिपिन्सको मनिलामा संवाददातासँग उनले सो खुलासा गरेको समाचारमा जनाइएको छ । क्षेत्रीय सुरक्षासम्बन्धी सम्मेलनका लागि मनिला पुगेका उनले भने, ‘हालैको एक बैठकमा आफ्ना सुरक्षा सल्लाहकारहरूसँग अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा आगामी दिनमा के गर्ने हालकै अवस्थालाई निरन्तरता दिने कि थप सैनिक पठाउने भनेर प्रश्न गरेका थिए ।

‘तर, त्यसको जवाफ भने हामीहरूले उहाँलाई दिइसकेका छैनौँ’, उनले भने । तर, उनको मानसिकता बुझ्दा अब अफगानिस्तानमा थप अमेरिकी सेना पठाउने भन्नेबारेमा उनी सकारात्मक नहुन सक्छन् । हाल ह्वाइट हाउसले अफगानिस्तानमा अमेरिकी सुरक्षा नीतिका बारेमा समीक्षा सुरु गरेको जानकारी पनि उनले दिए । तर, राष्ट्रपति ट्रम्पको सुरक्षासम्बन्धी समूहका सदस्यहरू यस विषयामा विभाजन भएका छन् । उनीहरूमध्ये कतिपयले अफगानिस्तानमा थप अमेरिकी सेना पठाउनुपर्छ भनेका छन् भने कतिले त्यहाँ रहेका सेना पनि फिर्ता बोलाउनुपर्ने बताउँदै आएका छन् ।

टिलर्सनले संवाददातालाई भने तर राष्ट्रपति ट्रम्प भने अफगानिस्तानमा थप सेना पठाउने पक्षमा नरहेकाले नै यस्तो गाह्रो प्रश्न गरेको हुनसक्छ । हाल अफगानिस्तानमा करिब १३ हजार जना नेटो सैनिक छन् । त्यसमा धेरै संख्या अमेरिकी सेनाको छ । अमेरिकी सेनाले तालिवानविरुद्ध लडाइँ गर्न जाँदैन तर अफगान सेनालाई तालिम दिने गर्दछ ।  अफगानिस्तानबाट नेटो सेना करिब २ वर्षअघि फर्किसकेका छन् । त्यहाँ लामो समयदेखि करिब डेढ लाखको संख्याका नेटो सेना थिए । हाल त्यहाँ अमेरिकी सेनाको नेतृत्वमा सानो संख्यामा सेना रहेका छन् । तर, नेटो सेना फर्किएपछि अफगानिस्तानमा तालिबानको हिंसा थप बढेको भन्दै नेटो सेना थप्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया