भियतनाममा बाढीबाट २६ को मृत्यु

हनोइ । भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको समाचार छ ।
साथै यस बाढीमा परी अन्य १५ व्यक्ति अझै बेपत्ता रहेका उत्तरी भियतनामको पहाडी इलकाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी भियतनामको दिएनबिएन, सोन ला, चाओ बाङ्ग र चाउ प्रान्तमा भीषण बाढी आएको प्रकोप नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

भियतनामको उत्तरपश्चिमी इलाकामा आएको यस भीषण बाढीमा परी ६५० वटा घर क्षतिग्रस्त र नष्ट भएका छन् । बाढीका कारण कैयौँ राष्ट्रिय राजमार्ग र सयौँ हेक्टर खेतीयोग्य जमिनसमेत नष्ट भएको छ ।

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको बाढी र आँधीलगायत प्रकोपमा परी ७५ व्यक्तिको मृत्यु हुनुका साथै ७७ व्यक्ति घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

भियतनाममा गत वर्ष आएको बाढी र खराव मौसमको कारण करिब २३५ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया