कगामे भारी मतसाथ पुनः राष्ट्रपतिमा विजय

rwanda-paul-kagame-election

रुवाण्डा । रुवाण्डामा भएको राष्ट्रपतिको निर्वाचनमा सन् १९९४ को नरसंहारपछि पाउल कगामेले ९८ प्रतिशत मतका साथ पुनः विजय भएका छन् । उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनलाई आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई समर्थन गरेका थिए ।

देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उनका समर्थकहरुले मतदानपछि आएको परिणाम नतिजा घोषणासँगै देशैभर खुसियाली मनाइरहेका छन् । खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उनले डर देखाएर शासन गर्दै आएको बताउने गरेका छन् ।

जितपछि कगामेले देशको आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । एउटा प्रत्यक्ष टेलिभिजन सम्वोधनमा कगामेल भने, “रुवाण्डाका नागरिकलाई असर पार्ने विषयहरु हेर्नका निम्ति यो अर्को सात वर्ष हो ।”

कगामेविरुद्ध डेमोक्र्या्टिक ग्रीन पार्टीका फ्रांक हाबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप हायीमाना उठेपनि उनलाई करिब दुई प्रतिशत मतमात्र खसेको छ । करिब ८ लाख आदिवासी तुत्सी र मध्यमार्गी हुटुको ज्यान लिएको नरसंहारलाई अन्त्य गराउँदै सन् १९९४ मा आफ्नो तुत्सी विद्रोही समूहले राजधानी किगालीमाथि कब्जा जमाएपछि ५९ वर्षीय कगामे सत्तामा पुगेका थिए ।

प्रतिक्रिया