हनोइ । भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ । साथै यस बाढीमा परि अरु करिब २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थान तथा नियन्त्रण विभागले शुक्रबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
बाढीका कारण करिब दुई सय वटा घर बगाएको छ । बाढीका कारण कैयौँ राष्ट्रिय राजमार्ग र सयौँ हेक्टर खेतीयोग्य जमीनसमेत नष्ट भएको छ । सोन ला ,येन बाइ र लाई चुग प्रान्तमा बाढीको प्रभाव परेको छ । यसैगरी शुक्रबार माध्याह्नसम्म ती प्रान्तमा २४ व्यक्ति बेपत्ता भएका छन ।
भियतनाममा यस बर्षको सुरुदेखि हालसम्म आएको बाढी र आँधी लयायत प्रकोपमा परी ७५ व्यक्तिको मृत्यु हुनुको साथै ७७ व्यक्ति घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया