विश्वविद्यालयमा दुव्र्यवहार बढ्यो

astreliyaअस्ट्रेलिया १८ साउन। विश्वविद्यालयमा पढ्ने आधाजसो विद्यार्थीले सन् २०१६ मा कम्तीमा पनि एकपटक दुव्र्यवहारको सामना गर्नुपरेको एक अध्ययनले देखाएको छ ।अस्ट्रेलियन मानवअधिकार आयोगले गरेको सर्वेक्षणमा करिब ७ प्रतिशत विद्यार्थी २०१५–१६ मा यौन दुव्र्यवहारको सिकार भएको निष्कर्ष निकालेको हो ।  विश्वविद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरू पुरुषको तुलनामा बढी दुव्र्यवहारको सिकार भएको कमिसनको रिपोर्टमा उल्लेख छ । पुरुषको तुलनामा महिलामाथि यसप्रकारको दुव्र्यवहार हुने सम्भावना ४ गुणा बढी भएको यसमा उल्लेख छ ।

३९ विश्वविद्यालयका ३१ हजार विद्यार्थी सहभागी उक्त सर्वेक्षणले विद्यार्थीमाथि दुव्र्यवहार विश्वविद्यालयको वातावरण र अवस्थाअनुसार फरक रहेको फेला पारेको छ । बिबिसीमा प्रकाशित रिपोर्टले कुनै पनि व्यक्तिलाई जबर्जस्ती, दबाब दिएर वा झुक्याएर यौनजन्य गतिविधिमा संलग्न गराए त्यसलाई यौन दुव्र्यवहार भनि परिभाषित गरेको छ । यसका साथै गलत दृष्टिले हेरेमा वा अनावश्यक यौनजन्य टिप्पणी गरेमा पनि त्यसलाई यौन दुव्र्यवहारको रूपमा परिभाषित गरेको छ ।

सर्भेले फेला पारेका अन्य कुराहरूः
यौन दुव्र्यवहारमा परेका ५१ प्रतिशत र दुव्र्यवहारको सिकार बनेका ४५ प्रतिशत पीडितले केही वा सबै पीडकलाई चिनेका छन् । समलिंगी विद्यार्थी दुव्र्यवहारको सिकार हुने सम्भावना प्रवल रहेको अध्ययनले देखाएको छ भने अधिकांश पीडकहरू पुरुष भएको पनि रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया