किर्गिस्तान १७ साउन । सामाजिक सञ्जालका कारण विभिन्न खालका तस्बिर बेलाबेला भाइरल हुने गर्दछन् । चाहे राम्रा तरिकाबाट हुन् वा नराम्रा । यस्तै घटना ठूलै घरानामा परेको छ । किर्गिस्तानमा राष्ट्रपतिको कान्छी छोरी आलिया शागयीवाले आफ्नो बच्चालाई स्तानपान गराएको एक तस्बिर एकाएक भाइरल भएको हो । यो तस्बिरमा आलिया अन्डरवेयरमा छिन् र आफ्नो छोरालाई दूध खुवाइरहेकी छिन् । गएको अप्रिलमा आलियाले यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । तस्बिर पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘मेरो छोरा भोकाउँछ भने म जहाँ पनि जतिखेर पनि उसलाई स्तनपान गराउँछु ।’
यो फोटोलाई लिएर उनीमाथि अनैतिक व्यवहार लाग्यो र उनले अन्तिममा बाध्य भएर पोस्ट नै हटाउनुप¥यो । पत्रकारसँगको कुराकानीका क्रममा उनले भनेकी छिन्, ‘यो बहस महिलाको शरीरलाई कामुकतासँग मात्रै जोडेर हेरिएको छ । मलाई ईश्वरले जुन शरीर दिएको छ यो अश्लील छैन, यो सुन्दर शरीर हो जुन मेरो छोराको आवश्यक सबै चाहना पूरा गर्न सक्षम छ । यसलाई कामुकताको नजरबाट हेर्नु हुँदैनथ्यो ।’
उनको यो तस्बिरबारे सामाजिक सञ्जालमा मात्रै आलोचना भएन कि उनका बुबा आमा अर्थात् राष्ट्रपति अल्माजबेक आत्मवयेव र पत्नी राइसा पनि खुसी थिएनन् । आलिया सामाजिक सञ्जालमा बढी सक्रिय छिन् र आफ्नो परिवार र दैनिकीबारे पोस्ट गरिरहन्छिन् ।
प्रतिक्रिया