चीनियाँ सेना श्रीलंकाली सुरक्षामा !

श्रीलंका १३ साउन । क्षेत्रमा रहेको हम्बनटोटा बन्दरगाहको नियन्त्रण र विकासका लागि सहमति दिएको छ । यो बन्दरगाहबाट अब चीनले व्यावसायिक काम गर्न पनि सक्नेछ तर यसको सुरक्षाको पूरा जिम्मेबारी श्रीलंकाकै हुनेछ । जानकारहरूका अनुसार चिनियाँ सेनाले यो बन्दरगाह प्रयोग गर्न सक्ने भन्दै श्रीलंकाले सुरक्षाको जिम्मा आफैँले लिन लागेको हो । व्यापारका लागि बन्दरगाह चीनलाई दिने विषयमा श्रीलंकामा कडा विरोध भएको थियो । केहीले भने यो परियोजनाबाट श्रीलंकाको विकासमा चीनको सहयोग हुने आशा गरेका थिए । श्रीलंकाले नागरिकको विरोधका कारण सम्झौताको सर्तमा केही परिवर्तन गरेको छ ।
तत्काल मन्त्रीपरिषद्ले पारित गरेको सम्झौताको पूरै विवरण सार्वजनिक गरिएको छैन । मन्त्रीपरिषद्का प्रवक्ता दयाश्री जयशेखरले भने, ‘क्याबिनेटले प्रस्ताव पास गरेको छ अब यसलाई संसद्को मञ्जुरी चाहिन्छ, यसै हप्ता यसलाई मन्जुरीका लागि संसद्मा पठाउँछौँ ।’ चिनियाँ दूतावासले यस विषयमा कुनै टिप्पणी गरेको छैन । १ सय ५० करोड डलरमा बनेको हम्बनटोटा बन्दरगाह विश्वकै व्यस्त बन्दरगाह हो । चीनको एक्जिम बैंकको ८५ प्रतिशत सेयर रहेको यो बन्दरगाह चीनको सरकारी संस्था चाइना मर्चेन्ट पोर्ट होल्डिङस्ले बनाएको हो ।

निर्माणका बेलादेखि नै यो बन्दरगाह विवादित बन्यो र विरोध पनि भइरह्यो । तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको कार्यकालमा बनेको यो बन्दरगाहमा चीनबाट आउने सामान देशका अन्य भागमा पठाउने योजना थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ कानुन बनाएर श्रीलंका चीनको व्यावसायिक गतिविधिमाथि लगाम लगाउने कोशिस गरिरहेको छ र बन्दरगाहको सुरक्षा नियन्त्रण पनि आफैँमा निहित राख्न खोजिरहेको छ ।

प्रतिक्रिया