भविष्यका राजाको मुस्कान

belayat

लन्डन ८ साउन । राजकुमार जर्जको चौथो जन्मदिनको उपलक्ष्यमा एक औपचारिक तस्बीर सार्वजनिक गरिएको छ ।  उनको जन्मदिनको केही दिनअघि केन्सिङटन दरवारमा खिचिएको तस्बीरमा भावी राजा मुस्कुराएका छन् ।

केन्सिङटन दरबारले राजकुमारका बाबु राजकुमार विलियम र आमा केट शाही फोटो पत्रकार क्रिस ज्याकसनले खिचेको तस्बीर देखाउन पाउँदा ‘हर्षित’ भएको बताएको छ । जन्मदिनको केही अघि मात्र यी राजकुमारले उनका बाबुआमासँग पोल्यान्ड र जर्मनीको भ्रमण पूरा गरेका छन् ।

राजकुमार जर्ज एलेग्जेन्डर लुइस २२ जुलाई २०१३ मा जन्मेका थिए ।  केन्सिङटन दरबारले भनेको छ, ‘ड्यूक र डचेस यो राम्रो तस्बीर देखाउन पाउँदा खुसी छन् र उनीहरूले विभिन्न सन्देश पठाउनेहरूलाई धन्यबाद दिएका छन् ।’

जुन महिनाको अन्त्यतिर उक्त तस्बीर खिचेका शाही फोटो पत्रकार ज्याकसनले भने, ‘ड्यूक र डचेसले यो तस्बीर सार्वजनिक गरेकोमा म असाध्यै खुसी छु । उनी यति हँसमुख बालक छन्, उनैले तस्बीरलाई रमाइलो बनाइदिन्छन् ।’

यस अघि उनीहरूको जर्मनी र पोल्यान्ड भ्रमणको अन्तिम दिन राजकुमार विलियमले राजकुमार जर्ज र राजकुमारी श्यार्लोटलाई जर्मनीको ह्यामवर्गस्थित एअरबस कम्पनीमा हेलिकप्टर चढाएका थिए । जर्जले पाइलटको हेलमेट लगाएका थिए भने श्यार्लोटले ककपीटका बटनहरूसँग खेलेकी थिइन् ।

उनी केन्सिङटन दरबारबाट केही माइलको दुरीमा रहेको थोमसेस ब्याटरसी नामको निजी शिशु विद्यालयमा पढन जाँदैछन् ।

प्रतिक्रिया