विद्रोहीमाथि कारबाही कडा पारिँदै

Migrants, who were found at sea on a boat, collect rainwater during a heavy rain fall at a temporary refugee camp near Kanyin Chaung jetty, outside Maungdaw township, northern Rakhine state, Myanmar June 4, 2015.  REUTERS/Soe Zeya Tun

Migrants, who were found at sea on a boat, collect rainwater during a heavy rain fall at a temporary refugee camp near Kanyin Chaung jetty, outside Maungdaw township, northern Rakhine state, Myanmar June 4, 2015.
REUTERS/Soe Zeya Tun

याङ्गुन ५ साउन । म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाति रोहिंगा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले पनि कडा पारेको बताइएको छ ।पछिल्ला केही महिनायता जारी यस कारबाहीका क्रममा कैयौं नागरिक बंगलादेशतर्फ भागेका बताइएको छ । त्यस्तै, कतिपय विद्रोहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । म्यानमारको प्रहरीले गएको अक्टोबर महिनादेखि सो कारबाही सुरु गरेको हो । आक्रामक कारबाहीका कारण कोहीले आत्मसमर्पण पनि गरेका छन् भने ठूलो संख्याका विद्रोही भागेर छिमेकी बंगलादेशतर्फ पनि लागेका छन् ।

प्रहरीका अनुसार सो कारबाहीका कारण गत अक्टोबर महिनादेखि यता करिब ७० हजार व्यक्ति देशबाहिर भागेका छन् । तीमध्ये धेरैजसो बंगलादेश पुगेका छन् ।
म्यानमारको उत्तरी राखिन राज्यमा रोहिंगाहरूको बस्ती रहेको छ । ती क्षेत्रका अल्पसंख्यक मुस्लिमहरूले आफ्नो हकअधिकारको लागि भन्दै यस्तो सशस्त्र विद्रोह गर्ने गरेको बताउने गरेका छन् । पछिल्लो समयमा गत अक्टोबरयता म्यानमारको प्रहरीले राज्यद्वारा आतंककारी घोषित ती अल्पसंख्यकका शिविर नष्ट गर्ने र कारबाही गर्ने गरेको छ । उनीमाथि निकै कडा निगरानी राख्ने गरेको बताइएको छ । म्यानमारको उत्तरी भूभाग राखिनमा आतंककारी तालिम केन्द्र सञ्चालन गरेको भन्दै सो तालिम केन्द्रमा प्रहरीले धावा बोलेको थियो । त्यस कारबाहीमा परी केही विद्रोही गत आइतबार मारिएका छन् ।

1940

कारबाहीका क्रममा प्रहरी र सेनाले धरपकड र हिंसात्मक कारबाही गरेको भनी लगाइएको आरोपको सरकारले खण्डन गरेको छ । प्रहरीले वैधानिकरूपमा नै ती विद्रोहीका विरुद्धमा कानुनबमोजिम कारबाही गरेको सरकारले जनाएको छ । म्यानमारमा पछिल्लो समयमा ती विद्रोहीसँगको वार्ताका लागि भन्दै युद्धविराम भएको थियो । म्यानमारका विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीले सो वार्ताका लागि सरकारीतर्फको वार्ताटोलीको नेतृत्व गरेका थिए ।तर सो वार्ता सफल हुन नसकेपछि प्रहरीले कारबाहीलाई तीव्रता दिएको समाचार आएको छ ।

प्रतिक्रिया