जाजरकोटमा ७ लाख

जाजरकोट ५ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७३÷७४ मा १ हजार २ सय ५० सवारी चालकलाई कारबाही गरी ८ लाख १४ हजार राजस्व संकलन गरेको छ । चालक अनुमतिपत्रविना सवारीसाधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीचालक बढी कारबाहीमा परेका छन् । असारमा १ सय ७२ सवारीचालकलाई कारबाही गरी १ लाख ५ हजार राजस्व संकलन गरिएको छ ।

साउनमा ७३ सवारीचालक, भदौमा ९५, असोजमा ८६, कात्तिकमा ८२, मंसिरमा १ सय ६, पुसमा ७९, माघमा १ सय ६, फागुनमा १ सय १४, चैतमा ९२, वैशाखमा ९७ तथा जेठमा १ सय ३८ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक इन्चार्ज कुलबहादुर ओलीले जानकारी दिए । रासस

प्रतिक्रिया