समर सेला मेला सुरु

jutta ghar
काठमाडौं ५ साउन । समर सेल मेला २०७४ सुरुभएको छ । यसको आयोजकमा नेपाली जुत्ता घर प्रालि रहेको छ । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार गरेका हुन् । उनले सरकारी सहयोग नहुँदा उद्योग व्यवसाय फस्टाउन नसक्ने धारणा पनि सो अवसरमा बताए । ढकालले नेपालमा बेरोजगारीको समस्या हल गर्न युवा वर्गलाई तालिम उपलब्ध गराउन आइएलओसँग संझौता गरेको जानकारी दिए । नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईंले नेपाली कम्पनी जुत्ता चप्पल विदेशमा निर्यात गर्न सक्षम भए पनि राज्यको नीति व्यवसाय मैत्री नभएको जिकिर गरे ।

सेल मेलाको अवधिभर नेपाली जुत्ता घरको सम्पूर्ण शाखा कुमारीपाटी, बागबजार अद्वैतमार्ग, चक्रपथ, बालाजु बुद्धमललगायतमा भारी छुट उपलब्ध गराइने र साथमा विभिन्न आकर्षक अफरहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मेला १ महिनासम्म सञ्चालन हुने पनि आयोजक संस्थाले जनाएको छ । समर सेल मेला उद्घाटनको अवसर पारेर आव ०७३÷७४ को बम्पर उपहार योजनामा ल्यापटप तथा आइफोन सेभेन जित्ने ग्राहकको नाम पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया