रुसमा ७.७ रिक्टरको भूकम्प

BHAWAN

वासिंगटन ४ साउन । रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७ दशमलब ७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि, यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिए पनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भए पनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुन सक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो । केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । सुनामीसम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरूले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ० दशमलब ३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो ।अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराइ ११ दशमलव ७ किलोमिटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वार कार्य भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया