भारतमा उपराष्ट्रपति निर्वाचन :बेंकैया माहात्मागान्धीका नातिसँग भिड्दै

_6fcbe8a6-6aff-11e7-9994-94edcc701b36नयाँदिल्ली ४ साउन । राष्ट्रपति निर्वाचनका लागि भएको मतदानपछि भारतमा उपराष्ट्रपति निर्वाचनका लागि तयारी पूरा भएको छ । उपराष्ट्रपतिका लागि पनि राष्ट्रपतिका लागिजस्तै सत्तापक्ष र विपक्षका अलग उम्मेबार मैदानमा भिड्ने भएका छन् । उपराष्ट्रपतिका लागि मैदानमा एनडिए र विजेपीको समर्थनमा बैंकैया नायडू र विपक्षको समर्थनमा महात्मा गान्धीका नाति गोपाल कृष्ण गान्धीले मंगलबार आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । मंगलबार बिहान पहिले बैंकैया र पछि गोपाकृष्णले मनोनयन दर्ता गराएका थिए । बैंकैयाले मनोनयन दर्ता गराउँदा प्रधानमन्त्री नरेन्द्र मोदी, विजेपी अध्यक्ष अमित शाह, विदेशमन्त्री सुष्मा स्वराज लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी, गोपालकृष्णले मनोनयन दर्ता गराउने समयमा कांग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, कम्युनिस्ट नेता सीताराम यचुरी लगायतका नेताहरूको उपस्थिति रहेको बताइएको छ । मनोनयन दर्ता गराउने बेला बैंकैया नायडू अलि बढी नै भावुक भएको देखिए । उनले भने, ‘पार्टीसँग जोडिएका भावना छाड्न निकै पीडादायी हुनेरहेछ । म चार दशकदेखि सार्वजनिक जीवनमा छु । पार्टीको नेताको रूपमा, एउटा मन्त्रीको रूपमा मैले देशको अलग–अलग स्थानमा जाने र घुलमिल हुने अवसर पाएको थिएँ ।’ तर, पनि उपराष्ट्रपतिको उम्मेदवार हुन पाएकामा गर्व लागेको बताउँदै उनले पार्टीलाई धन्यवाद दिएका थिए । भारतमा उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मंगलबार अन्तिम दिन थियो ।

प्रतिक्रिया