निकोलास तानासाह बन्न खोजे ः ट्रम्प

nicolas

अमेरिका ४ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संविधान पुनर्लेखनका लागि संविधानसभाको चुनाव गराउने निर्णय भेनेजुएलाले अघि बढाए तत्कालै कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । उनले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै भेनेजुएलाका विपक्षीहरूको प्रशंसा गरे । ट्रम्पले राष्ट्रपति निकोलास मडुरोलाई तानासाह बन्ने उद्देश्य बोकेका खराब नेताका रूपमा प्रस्तुत गरे ।यसैबीच, राष्ट्रपति मडुरोले प्रस्ताव गरेको संविधानसभा चुनावको विरोधमा विपक्षीहरूले भेनेजुएलामा बिहीबारका लागि २४ घण्टे आमहडताल घोषणा गरेका छन् । एउटा अनौपचारिक जनमत संग्रहमा लाखौं भनेजुएलाका नागरिकले संविधानसभा चुनावको विपक्षमा धारणा व्यक्त गरेको भोलिपल्ट ट्रम्पले कडा शब्दको वक्तव्य जारी गरेका छन् ।

ट्रम्पले भनेजुएलाका राष्ट्रपति मडुरोलाई ‘तानासाह बन्ने सपना पालेका’ एकजना खराब नेता भन्दै उनले जनताको प्रजातन्त्र, स्वतन्त्रता र विधिको शासनप्रतिको निष्ठालाई बेवास्ता गरिरहेको बताएका छन् । उनले भेनेजुएला तहसनहस हुँदा अमेरिका चुप लागेर नबस्ने भन्दै मदुरोको सरकारले ३० जुलाईमा संविधानसभाको चुनाव गराए अमेरिकाले त्यसविरुद्ध कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । संविधानसभाको चुनावको विरोधमा भेनेजुएलाका विपक्षी दलले बिहीबारका लागि २४ घन्टे आमहडताल घोषणा गरेका छन् । एउटा विज्ञप्तिमा विपक्षी नेताहरूले आइतबार आफूहरूले गराएको अनौपचारिक जनमत संग्रहमा ७६ लाख मानिसले भाग लिएको जानकारी दिएका छन् ।
सरकारले उक्त मतदानलाई अवैधानिक र औचित्यहीन भनेको छ । तर, त्यसको पर्यवेक्षण गरेका प्राज्ञहरूले लगभग सबै मतदाताले संविधानसभाको चुनावको विपक्षमा राय दिएको जनाएका छन् । विपक्षीहरूले अब बुधबार नयाँ सरकार गठन गर्ने र शुक्रबार नयाँ न्यायाधीश नियुक्ति गर्ने बताएका छन् । संवाददाताहरू भन्छन् विपक्षीहरूको पछिल्लो तयारीले भेनेजुएलामा समानान्तर सत्ताको अभ्यास हुने खतरा देखिन्छ । विपक्षी दलहरूको संसद्मा नियन्त्रण छ र उनीहरूले सन् २०१९ मा आफ्नो कार्यकाल सकिनुअगावै नयाँ चुनावको घोषणा गर्न राष्ट्रपति मडुरोसँग माग गरिरहेका छन् ।

प्रतिक्रिया