दक्षिण सुडानमा मलेरियाको माहामारी

जुवा । विश्वको सबैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत ६ महिनाको अवधिमा करिब २ हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए) ले जनाएको छ । शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले ‘मलेरियाका कारण दक्षिण सुडानमा १ हजार ९ सय ५६ जनाको ज्यान गएको,’ जानकारी गराएको छ । प्रतिवेदनमा यसवर्षको जनवरीपछि अहिलेसम्म ९ लाख २८ हजार १ सय ४१ बिरामीमा मलेरियाको नमुना भेटिएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी वर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ ।

सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको संख्या र मलेरियाको कारण मृत्यु हुनेको संख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको संख्या ७६ दशमलव ९ प्रतिशत रहेको राष्ट्रसंघले जनाएको छ ।राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसंघकोे तथ्यांक छ ।अचल पानीमा लामखुट्टेले पूmल पार्ने भएकाले मध्यवर्षको वर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्बन्धित सबैमा राष्ट्रसंघले आग्रह गरेको हो । मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेका जनाइएको छ ।

प्रतिक्रिया