नयाँदिल्ली । पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा ३ दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरूले थप जनकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब २ हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा लगिएको छ । पहाडी राज्य उत्तराखण्ड सन् २०१३ मा पनि बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झन्डै ६ सय जनाको मृत्यु भएको थियो भने ५ हजार ७ सय जना बेपत्ता भएका थिए । बेपत्ता भएका ठूलो संख्याका ती व्यक्तिपछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया